हलिउड अभिनेतृ हेलमन्डको निधन

0
Shares

दुईपटक गोल्डेन ग्लोब अवार्ड चुमिसकेकी हलिउडकी दिग्गज अभिनेतृ क्याथरिन हेलमन्डको हालै ८९ वर्षको उमेरमा निधन भएको छ।
केही समयदेखि अल्जाइमरको समस्या भोग्दै आएकी उनको निधनको पुष्टि उनको ट्यालेन्ट एजेन्सीले गरेको हो।

क्याथरिन सन् १९७७ देखि १९८१ सम्म प्रसारित टेलिभिजन शो सोपमा निर्वाह गरेको भँमिकाका कारण निकै चर्चामा थिइन् भने कोच, हुज द बोसजस्ता कार्यक्रमबाट पनि लोकप्रियता बटुलेकी थिइन्।

उनले फिल्म एभ्रिबडी लभ्स रेमन्ड, ब्रँजिल, फियर एन्ड लोथिङ इन लस भेगासजस्ता फिल्ममा दमदार अभिनय
गरेकी थिइन्।