साइँलीमा गौरव र मेनुकाको रोमान्स

0
Shares

को आगामी चैत १५ गते अल नेपाल रिलिज हुने फिल्म साइँलीको ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक समरोहबीच फिल्मको ३ मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा दुई साथीबीचको मित्रतासँगै प्रेम, दुःख, संघर्ष, गरिबी र विदेशिनुको कथा प्रस्तुत गरिएको छ। सामाजिक कथा झक्लाउने ट्रेलरमा रमाइला दृश्यका साथ संवादलाई प्राथमिकता दिएको छ। जसमा गौरव पहारी र मेनुका प्रधानबीचको प्रेम रोमान्सदेखि मनमुटाव तथा गौरव र दयाहाङ राईबीचको मित्रता देखाइएको छ। जीएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्म रामबाबु गुरुङको कथा तथा निर्देशनमा बनेको हो।

गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह, पुष्कर गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की, सरोज अर्याल, अरुणा कार्कीलगायतका कलाकारले प्रमुख भँमिकामा अभिनय गरेको फिल्म विशाल गुरुङ र मोहन रानामगरको निर्माण, विजय अवाले, विकास पोजास र शुभेच्छा केसी सहनिर्माण तथा मणिराम पोखरेलको कार्यकारी निर्माणमा बनेको हो। फिल्ममा कालीप्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।


कार्यक्रममा अभिनेतृ मेनुका प्रधानले ट्रेलरभन्दा फिल्म हेर्दा झनै मजा आउने दाबी गरिन् भने अभिनेता माओत्से गुरुङले आफँ मेनुकाको पिताको भँमिकामा रहेको बताए। ‘कलाकारको नियति नै यही हो कि जस्तो भँमिकामा पनि अभिनय गर्नुपर्छ। मेनुका प्रधान मेरी छोरीको भँमिकामा हुनुहुन्छ र मैले उहाँको पिता भएर अभिनय गर्दा आफैंले जन्माएको छोरी देखें’ –उनले भने। गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले साइँली एउटा गीत हुँदै फिल्मसम्म आइपुगेको बताए।

निर्देशक तथा लेखक रामबाबु गुरुङले फिल्म राम्रो बनेको दाबी गरे। ‘कथा त टे«लरमै अँएछ, फिल्ममा के हेर्ने भन्ने गुनासो छ जस्तो छ। ट्रेलरभन्दा अलि ठँलो कथा छ फिल्ममा। एज अ राइटर डाइरेक्टर, म फिल्मबाट खुसी छुु’ –गुरुङले भने।