सरस्वती न्यौपाने, रसुवा
हिमपातका कारण कष्टकर वनेको हिमाली जनजिवन शनिवार देखि क्रमिक सहज हुँदै गएको छ।गत माघको ८ गते देखि फाटफुट रूपमा परेको वर्षा संगै उत्तरी रसुवामा पटक पटक परेको भारी हिमपात ले कठ्याङग्रीएको ग्रामिण जनजिवन मौसम सुधार संगै घाम को तातोपन वढेकाले सहजता हुँदै गएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले वताए। हिउँ पग्लिन थालेपछि केहि हदसम्म चरण क्षेत्र खुल्ला हुदाँ चौपाएको आहारामा समेत सहज हुँदै गएको छ ।
छ वर्ष यता रसुवाको सदरमुकाम धुञ्चेमा समेत माघ २६ र फागुन १६ मा समेत २ पटक ६ इन्च सम्म हिउँ परेको थियो। हिउँको प्रभाव समुन्द्रि सतह देखि १२५० मिटर सम्मनै परेको कालिका गााउँ पालिका वडा नं २ का वडा अध्यक्ष विक्रम लोप्चनले वताए। उनले भने हल्का हिउँ कालिकास्थान सम्मनै झरेको थियो। हिउँ प्रेमी हरू भने नुवाकोटको त्रिशुलीदेखि सयौको संख्यामा हिउँ खेल्न गुम्वुडाडा तथा स्याउवारी क्षेत्रमा आएका थिए लोप्चनले जानकारी दिए।
भारिमात्रामा परेको हिमपालले उत्तरी रसुवाको लाङटाङ, चन्दनवारी, ठुलोस्याफ्रु, शेर्पागाउँ ,वृद्विम, खाम्जिङ, थुमन, नाकथली, पुरानोतातोपानी, सिम्वु, टेकाङचे, गोल्जुङ, गतलाङ, यार्साको चोरेचो, वच्चा, सिङवन्दी, धुञ्चेको नागुङ, डाडागाउँको स्याउचेत लगायतका स्थानमा वढि प्रभावित तुल्याएको र प्रभावित मध्येका अतिविपन्न व्यक्तिलाई जिल्ला विपद् व्यवस्थापन समितिले न्यानोपकडा १८० थान कम्वल समेत वितरण गरेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए।
हिमपातका कारण गतमाघ महिनाको तेश्रो हप्ता वाट बन्द भएको धार्मिक एवं पर्यटकिय गोशाइँकुण्ड धार्मिक मार्ग अझै खुल्न सकेको छैन। हिमपातले धार्मिक मार्ग बन्द हुदाँ अधिकांस यात्रु हेलिकोप्टर चार्टर गरी तिर्थस्थल जान थालेको स्थानीय होटल व्यवसायी हरूले वताएका छन। पर्यटन व्यवसायी हरू भन्छन हिमपातले खाध्य सामाग्री लान नसकेपछि चोलाङपाटी देखि कुण्ड सम्मको होटल तथा लज सवै बन्द गरेकाछौ।
हिमाली क्षेत्रमा हिउँ र दक्षिणी क्षेत्रमा वर्ष भएका कारण हिउँदे कृषि उपजमा सन्तुलन आउने किसान द्वारा प्रक्षेपण गरिएको याहाँका जेस्ठ समाजसेवी सोनाम साङ्मो तामाङले वताए। उनले भने जनजिवनता कष्टकर भयो तर अहिलेको हिउँले एका तर्फ जमिनको चिसोपन लामो समय वस्ने र अर्काे तर्फ माटोमा मलिलोपन समेत वढ्ने पुरानो अनुभव भए वाट कृषि उपज वढ्नेमा किसान आशावादी भएका हुन।











प्रतिक्रिया