१ करोड ५० लाखमा गाउँपालिकाको भवन बन्दै

0
Shares

बैतडी, (नेस)
१ करोड ५० लाखको लागतमा बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिकाको वडा नं ८ गर्जेमा कुनैपनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भईरहेको हो ।

गाउँपालिकाले उपभोक्ता समिति मार्फत अढाई दुई तले भवन निर्माण कार्य ७ महिनादेखि जारी रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । १२ कोठाको भवनसंगै एक सभाहल समेत निर्माण गरिने भएको छ । हाल भुईतला निर्माण कार्य सम्पन्न गरिसकेका छौं उनले भने “ अवको १ बर्षमा गाउँपालिका भवन निर्माणको काम सम्पन्न हुन्छ ”

गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाई भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा रहेका पसलसंगैको कोठा भाडामा लिएर सेवा दिईरहेको छ ।

भवन निर्माण कार्यलाई तीव्र रुपमा अगाडि बढाइएकाले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने सिगास गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको भवन निर्माण पश्चात गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा सहज हुने देखिन्छ ।