सर्लाही, (नेस)
सर्लाहीको मलंगवा गोली हानेर शनिबार राति एक जनाएको हत्या गरिएको छ ।गोली प्रहारबाट मलंगवा नगरपालिका (२ घर भएका( ३२ वर्षका मनोज कुमार यादबको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मोहनचन्द्र भट्टराईले जानकारी दिनुभयो।
राति अबेरसम्म घर नफकिपछि आईतवार बिहान खोजी गर्दा मंलगवा आँखा अस्पताल अगाडि मृत अवस्थ उनको शव फेला परेको हो।आफ्नै घरमा बसिरहेका उनलाई राति ९ बजे तिर कसैले तिर फोन गरेर बोलाएर पछि घरबाट बाहिर निस्केको परिवारले जनाएको छ।
मृतको शरीरका विभिन्न पाँच ठाउँमा गोली लागेकाले उनको घटना स्थलमै मृत्यु भएको बताएको छ।केही समय देखि सडकमा ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादमा भनाभन हुदा गोली हानेर हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । हत्याको कस्ले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भैईरेकाले चाँडै दोषी पत्ता लाग्ने प्रहरीले दावी गरेको छ।











प्रतिक्रिया