भोजपुर, (नेस)
भोजपुरमा भैंसीले पानीखाने आहालमा डुवेको अवस्थामा एक वृद्धको मृतफेला परेका छन् । छिमेकी खगेन्द्र राईको घरको गारो लगाएर फर्किएका भोजपुर नगरपालिका–१० जिमीगाउँका ६६ वर्षीय लामा भनिने लालजंग राई अहालमा डुवेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
काम गरेर खाजा खाएर विहिवार साँझ हिडेका राई शुक्रवार विहान मृत अवस्थामा फेला परेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । खवर पाए पश्चात राईको शवलाई आवश्यक प्रक्रिया पुरा गरि शनिवार पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया