गोकुल घोरसाइने, बारा
मकवानपुरको बकैया गाउँपालिकासंगको मिलेमतोमा ढुङ्गा गिटीका तस्करहरुले बारा जिल्लाको निजगढ नगरपालिकाको लालगाउँसंग सिमा जोडिएको चुरे क्षेत्रबाट फर्जी कागजपत्र तयार पारी उत्खनन तिब्र पारेका छन ।
गाउँपालिकाको अनुमति पत्रको आधारमा उत्खनन शुरु भएकाले मिलेमतोको आशंका गरिएको हो । तस्करहरुको समुहले धनीको नक्कली नागरिकता र पुर्जा समेत तयार पारी एक्साभेटर प्रयोग गरी चुरे क्षेत्रको ऐलानी जमिनबाट ३ महिनादेखि ढुङ्गा गिटी उत्खनन तिब्र पार्दै आएका हुन । यहा उत्खनन गरिएको ढुङ्गा स्थानीय क्रसर उद्योग र सडक निमा्र्रणमा प्र्रयोग हुदै आएको छ । उत्खनन क्रममा खयर, साल र करम प्र्र्र्र्रजातिका केही रुख समेत फडानीमा परेका छन ।
गाउँपालिका अध्यक्ष दामोदर खनालले साविक हटिया गाविस ८ र हाल बकैया गापा वडा नम्बर ६ मा पर्ने रामबहादुर लोप्चनको नाममा जग्गा धनीपुर्जा रहेको भनिएको किं नं. १५२९, १५३०, २९६० र २९६१ जमिन सम्याउन तथा उत्खनन गर्न गत भनी मंसिर २७ गते अनुमति दिएपछि चुरे डाडामा उत्खनन शुरु भएको हो ।
उत्खनन कार्यमा संलग्न सापकोटा ब्रदर्श एण्ड सन्स हेटौडबाट फिल्डमा खटिएका कर्म्रचारी विक्रम प्र्रधानले उपलब्ध गराएको कागजपत्रको आधारमा गाउँपालिकाले रामबहादुरको नाममा रहेको भन्दै सिफारिस गरेको किं. नं. २९६० र २९६१ को जमिन छोरा सुवन स्रिंह लोप्चनको नाममा रहेको पाइएको छ । त्यसैगरी सुवनको नागरिकताको प्रमाण पत्र र जग्गाधनी पुर्जा समेत शंकास्पद देखिएको छ । पहिलो प्रतिलिपि लिएका उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ०४१ चैत्र १२ गते नागरिकता र सोही मितिमा दुबै कित्ताको धन्रीपुर्जा समेत बनाएको पाइ्र्रएको छ । त्यसैगरी बुबा रामबहादुरको भन्दा उनले ३ बर्षअघि नै नागरिकता बनाएको पनि देखिएको छ ।
जारी मितिमा कार्यालयले रामबहादुरलाइ्र्र ०४४ भदौ ३१ गते नागरिकता दिएको र दुबैको प्रमाण पत्रमा तत्कालिन प्र्रशासकीय अधिकृत दुर्गाराज शमा्र्रको हस्ताक्षर छ ।
लालगाउँका स्थानीयले पनि लोप्चन परिवारमा धनीपुर्जामा उल्लेख भए अनुसार नम्बरी आवादी जमिन नभएको र ढुङ्ग गिटीका तस्करहरुले फर्जी कागजपत्र तयार पारी उत्खनन गरेको दावी गरेका छन । ‘जनप्रतिनिधि, वन कर्मचारी र स्थानीय युवाहरुलाइ्र्र समेत प्रभावमा पारेर काम हुदै आएको छ, निजगढ नगरपालिका १० का एक बासिन्दाले भने, चुरेमाथि डाँडामा यसरी लामो समयदेखि डोजर चल्दा कसैले पनि वास्ता गरेका छैनन ।’
डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख शिवशंकर ठाकुरले अर्को जिल्लामा परेकोले नियन्त्रण गर्न नसकिएको बताएका छन । मकवानपुरका सहायक वन अधिकृत संयोग बस्नेतले भने उत्खनन र रुख फडानी बारे कार्यालयमा कुनै जानकारी नभएको बताए । उत्खनन क्षेत्रमा पुगेर घटना बारे चढै बुझने पनि उनले सुनाए ।
गाउँपालिका अध्यक्ष दामोदर खनालले भने आफुले निवेदकको माग अनुसार जग्गा सम्याउने प्रयोजनको लागि मात्र अनुमति दिएको र अनुचित उत्खनन पाइए फेरि रोक लगाउने बताए । स्थानीयको गुनासो बढेपछि आफुले यसअघि पनि उत्खनन रोक्न आदेस दिइसकेको पनि उनले बताएका छन । तस्करहरुले २ वटा एक्साभेटर प्र्रयोग गरेर ४ वटै कित्ता जमिनमा दैनिक १० हजार घनमिटर भन्दा बढी ढुङ्गा उत्खनन र संकलन गर्दै आएका छन ।











प्रतिक्रिया