मेलमिलाप केन्द्रले न्यायिक समितिको बोझ हटाउँदै

0
Shares

शालिकराम चालिसे, नुवाकोट
नुवाकोटको प्रत्येक वडा कार्यलमा मेलमिलाप केन्द्रकोस्थापना भएपछि स्थानिय तहमा भएको न्यायिक समितिको बोझ कम हुँदै गएको न्यायिक समितिका संयोजकहरुले बताएका छन ।

२ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा रहेका ८८ वडामध्ये ८५ वडामा मेलमिलाप केन्द्रको कार्यलय उदुघाटन भईसकेको छन । गाउँगाउँको प्रत्येक वडा र टोलमा मेलमिलाप केन्द्रकोस्थापना भएसँगै प्रत्येक स्थानिय तहमा रहेको न्याकि समितिले बोझ कम गरेको महसुस गरेका हुन । लिखु गाउँपालिकाकी न्यायिक समितिकी संयोजक रोजिना राई गाउँपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना भएसँगै आफु संयोजक रहेको न्यायिक समितिलाई कामको बोझ नभएको बताउँछिन । संयोजक राईले गाउँ र प्रत्येक वडामा रहेका मेलमिलापकर्ताले गाउँगाउँमा गएर गम्भीर प्रकृतिका मुद्धाहरु समेत मिलाउन थालेकोले आफलाई सहज भएको उनी बताउँछिन ।

त्यस्तै विदुर नगरपालिकाका उपमेयर गिता दाहालले देवानी प्रबृतिका मुद्धाहरुको न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताहरुले गरेको काम प्रशंसनीय रहेको र कआफुहरुलाई काम गर्न सहज भएको बताइन । उपमेयर दाहालले मेलमिलाप र न्यायीक समिती गर्ने गरेको कार्यलाई अझै प्रभाबकारी र दिगो बनाउन नगरपालिकाको तर्फबाट सदैब सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै सामाजिक मेलमिलाप कर्ताले गाउँको समस्या गाउँमै सल्लटाएर आफुहरुको काम सहज गरिदिएको बेलकोटगी नगरपालिकाकी उपमेयर कविता ढुङगाना बताउँछिन । नगरपालिकाको प्रत्येक वडामा रहेका मेलमिलापकर्ताले चुलोचौकोदेखि साधसिमानासम्मको झगडाहरुलाई सफलता पुर्वक मिलाउन सकेको भन्दै नगरपालिकामा आउने गरेको समस्या प्रत्येक वडामा मेलमिलापको कार्यलय आएसँगै हटेको बताउँछिन ।

सामुदायिक मेलमिलाप केन्द्र नुवाकोटका जिल्ला संयोजक सिताराम पौडेलले फाटेको मन सिलाउने अस्पतालको रुपमा द्धन्द्ध रुपान्तरण केन्द्र जिल्लामा रहेको बताए । उनले आफुहरुले केन्द्रमार्फत दुबैपक्षको विनविन (विजय) अवस्थामा मेलमिलाप गर्ने बताउँदै विषयगत र सम्बन्धगत मुद्धामा आफुहरु केन्द्रित भएको बताए । हाम्रा मेलमिलाप कर्ताहरुले गरेको कामले स्थानिय तहमा रहेका न्यायिक समितिलाई समेत सहज भउको छ रिमालले भने ।

त्यस्तै मेलमिलाप केन्द्रले बिबाद समाधानको क्षेत्रमा नुवाकोटमा गर्दै आएको काम प्रभाबकारी बनेको सामुदमयिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्यालले बताए । मेलमिलाप केन्द्रले कानुनी तवरले मुद्धा मिलाई दिने मात्र नभई फाटेको मन समेत जोडुने काम गरेकोले नुवाकोटमा मेलमिलापकर्ताहरुले उत्कृष्ठ काम गरेको अर्यालले बताए ।

सामुदायिक मेलकिलाप केन्द्र नुवाकोटसहित अन्य ६ जिल्लामा सञ्चालनमा रहेको छ जसले पछिल्लो समय नुवाकोटको द्धन्द्ध रुपान्तरणको लागि प्रभावकारी रुपमा काम गर्दै आएको छ ।