झापामा ब्राउन सुगरसहित दुई पक्राउ

0
Shares

भद्रपुर, (नेस)
झापाको अर्जुनधाराबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–८ का अन्दाजी २३ वर्षीय घनश्याम साह र सोही ठाउँका अन्दाजी २१ बर्षीय प्रकाश राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार राजवंशीको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी ६० एम्पुल लागुऔषध फेला परेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डिएसपी महेन्द्र कमार श्रेष्ठले बताए .।