मोटरसाइकल चोरी गर्ने दुई जना समातिए

0
Shares

काठमाडौ, (नेस)
प्रहरीले छुट्टाछुट्टै स्थानबाट मोटरसाईकल चोरी गर्ने २ जनालाइ पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनले बुढानिलकण्ठ नगरपालिका–१० ह्याण्डबल ग्राउण्डबाट उदयपुरका गंगाबहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङले बा.९८ प. ५०८६ नम्बरको मोटरसाईकल मण्डिखाटारबाट चोरी गरी ल्याउदै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

यसै गरीे महानगरीय प्रहरी प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट बालाजु बस्ने दाङ तुल्सीपुरका नविन बस्याललाई पक्राउ गरेको छ । बस्यालले बलाजुबाट हराएको बा.६५ प.५६४० नम्बरको रोतो डियो स्कुटी चलाई ल्याउदै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।