काठमाडौं, (नेस)
महानगरीय प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले अबैध सुन सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट सिन्धुपाल्चोकका विशाल तामाङलाई सुन जस्तो देखिने धातुको बाला ३ थान बाला सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी विदेशबाट आएका गोरखाका भिम बहादुर रानालाई शंका लागि पार्किङ एरियामा चेकजाँच गर्दा निजको साथबाट प्रहरीले अन्दाजी ५ लाख २६ हजार १ सय ८५ रूपैया मुल्य बराबरको २ सय ९ ग्राम सुन जस्तो देखिने धातुको बाला सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।











प्रतिक्रिया