पुष्कर बुढाथोकी, भक्तपुर
नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालले पछिल्लो एक बर्षमा ७७ हजार ८ सय ३३ जना बिरामीको उपचार गरेको छ ।जसमध्य २३ हजार ९ सय ३९ पुरुष र ५३ हजार ८ सय ९४ महिला बिरामी रहेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
अस्पतालको २४ औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले अस्पतालमा कुल बिरामी म्मध्य ३ हजार ४ सय १२ जना क्यान्सरका बिरामीको उपचार गरिएको बताउनुभयो ।जसमध्य १ हजार ८ सय ८८ महिला र १ हजार ५ सय २४ पुरुष रहेका छन् ।
एक बर्षमा ७७ हजार ८ सय ३३ जना बिरामीको उपचार
पत्रकार भेटघाट कार्यक्रममा उहाँले भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकबाट क्यान्सर उपचारका लागि आवश्यक रेडियोथेरापी,केमोथेरापी र सर्जरीका सबै सुबिधा उपलब्ध रहेको बताउनुभयो ।उहाँले आगामी बैशाख १ गतेदेखि संचालनमा ल्याउने गरी रेडियोथेरापी सेवातर्फ अहिलेसम्मकै अत्याधुनिक लिनाएक मेशिन जडान कार्य द्रुत गतिमा भैरहेको बताउनुभयो ।
उक्त मेशिन जडान पश्चात ९८ प्रतिशत क्यान्सर उपचार सेवा यही अस्पतालमा संचालन हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।अस्पतालमा हाल ७५ प्रतिशत क्यान्सरको उपचार भैरहेको बताउनुहँदै उहाँले सरकारले पेटस्क्यान उपकरण उपलब्ध गराउन सके शतप्रतिशत क्यान्सर उपचार गराउन अस्पताल सफल हुने बताउनुभयो ।२०५१ सालमा १५ शैयाबाट सुरु भएको अस्पतालमा आकस्मिक र डे केयर गरी हाल १ सय ४० शैया रहेको छ ।अस्पतालमा ६० चिकित्सक कार्यरत रहेको बताउँदै उहाँले यस अस्पतालले निजी अस्पतालको दाँजोमा सस्तो शुल्कमा उत्कृष्ट सेवा दिंदै आईरहेको जानकारी दिनुभयो ।











प्रतिक्रिया