अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अत्येष्टि पशुपति आर्यघाटमा गरिएको हो । ८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।

अन्त्येष्टि अघि आर्यघाट पुगी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो। अधिकारीका श्रीमती र ३ छोरी छन् । उहाँलाई दागबत्ती ३ छोरीहरुले दिएका हुन् ।