भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

0
Shares

काठमाडौं ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्तेष्टि पशुपति आर्यघाटमा गरिएको हो ।

८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । अन्त्येष्टि अघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाका थिए ।

अधिकारीका श्रीमती र ३ छोरी छन् । उनलाई दागबत्ती उनका ३ छोरीहरुले दिएका हुन् ।

तस्वीरः अनिल आङदेम्बे