महुली खोलाको पुलमा यात्रुबाहक बस खस्यो

0
Shares

लहान । सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवास्थित महुली पुलमा आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा बस चालकसहित १३ जना घाइते भएका छन्।

सप्तरीको पूर्व पश्चिम सडकको जिल्ला पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना. ६ ख ३१८९ नम्बरको यात्रुबाहक बस बिहान करिब पौने ६ बजेतिर पुलबाट नौ फिट तल खसेर दुर्घटना भएको हो।

बसमा चालकसहित २४ जना रहेका मध्ये दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सबैभन्दा बढी झापाका नौ जना, पाँचथरका दुई, सुनसरीका एक र सिन्धुलीका बस चालकसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। अन्य घाइतेको महुलीस्थित सिटीकेयर अस्पताल र धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।