प्रतिपक्ष सहयोगी बन्न सक्नुपर्छः प्रवक्ता श्रेष्ठ

0
Shares

गोरखा ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा आज आयोजित एक कार्यक्रममा उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले जनताले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकासको काम अघि बढाएको भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै भन्नुभयो, “वर्तमान सरकारले सकारात्मक ढङ्गले पहलकदमी लिइरहेको छ, त्यसलाई जनतासम्म पु¥याउन सबैको पहल कदमी आवश्यक छ ।”

उहाँले सरकारले गरेका राम्रा काममा प्रतिपक्षलगायतका दललाई हातेमालो गरेर अघि आग्रहसमेत गर्नुभयो । “विकास सरकार र सत्तारुढ पार्टीको मात्र एजेण्डा बन्नु हुँदैन”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “प्रतिपक्ष, अन्य राजनीतिक दल र आम जनताको पनि एजेण्डा बन्नुपर्छ ।”

समृद्धि केही धनीमानी, शहरवासीले मात्र नभएर गाउँगाउँ र कुनाकुनाका जनताले महसुुुुुस गर्ने गरी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवक्ता श्रेष्ठले जनताको त्याग तपस्या र बलिदानबाट आएको राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्र सीमित गर्न नहुने भन्दै संविधानमा उल्लेखित नागरिकको मौलिक हक पूरा गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
रासस