यात्रामा चट्ट रुमाल क्या मालुम

0
Shares

निर्माता तथा अभिनेता केशव भट्टराईद्वारा निर्मित पछिल्लो फिल्म यात्रामा उनैले धेरैअघि निर्माण गरेको फिल्म आफ्नो मान्छेमा समावेश लोकप्रिय गीत चट्ट रुमाललाई राखेका छन्। आफ्नो मान्छेका लागि अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहले नृत्य गरेको गीतलाई रिएरेन्ज गरी यात्रा ः अ म्युजिकल भ्लगमा राखिएको हो। आगामी चैत २९ मा अल नेपाल रिलिज हुने फिल्ममा समावेश गीतको केही तस्वीरसमेत सार्वजनिक गरिएको छ। बाबुराम दाहालको शब्द रचना रहेको गीतमा संगीत शम्भुजित बास्कोटा तथा स्वर शम्भुजित र साधना सरगमको रहेको छ। रिएरेन्ज गरिएको गीत भने धर्मेन्द्र सेवान र मेलिना राईले गाएका छन्। गीत राजन इशानले रिएरेन्ज गरेका छन्। गीतको भिडियो प्रवीन सिंहले कोरियोग्राफ गरेका छन्। गीतमा राइजिङस्टार सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत फिचर्ड छन्।

फिल्ममा सुहाउँदो स्थानमा गीत राखिएको निर्माता केशव भट्टराईले बताए। ‘हामीलाई एउटा लोकलयको गीत चाहिएको थियो। त्यो फिल्मको परिस्थितिले नै डिमान्ड गर्छ। हामीले केही नयाँ कम्पोज पनि नसुनेको होइन तर सबैले आफ्नै फिल्ममा समावेश चट्ट रुमाललाई नै राखौं भनेपछि फिल्ममा राखिएको हो’ –भट्टराईले भने। निर्देशक सम्राट शाक्यले फिल्मलाई चट्ट रुमाल गीत नै सुहाउँदो भएकाले राखिएको बताए। ‘हाम्रो स्टोरीको डिमान्डअनुसार एउटा लोक शैलीको गीत चाहिएको थियो।

सुन्दै गएपछि कथामा चट्ट रुमाल नै सुहाएको पायौं। गीतले हामीलाई चर्चा त दिन्छ नै साथै गीतलाई हामीले नयाँ पुस्तामा पुग्ने किसिमले तयार गर्ने प्रयास गरेका छौं। साथै गीतमा सलिनलाई पनि भिन्न रूपमै दर्शकले पाउनुहुन्छ’ –शाक्यले भने। सलिनमानले आफँ यस प्रकारको गीतमा पहिलोपटक देखिन लागेको बताए। ‘म यस किसिमको गीतमा पहिलोपटक देखिँदै छु। पहिला सुरुआती दिनमा मलाई सहज त पक्कै थिएन। तर हामीले कोसिस भने गरेका छौं। गीतकै लागि निकै समय प्राक्टिस ग¥यौं’, सलिनमानले भने– ‘श्रीकृष्ण सर र निरुता म्यामजस्तो त पक्कै गर्न सकिएन तर मेहनत भने पक्कै छ। यो गीतले दर्शकलाई नयाँ टेस्ट भने पक्कै दिन्छ।’ गीतमा कलाकारहरू नियमतिभन्दा केही फरक पोशाकमा देखिएका छन्।

पुरानो लोकप्रिय गीतलाई फिल्मले नयाँ पुस्तामा लग्ने विश्वास सलिनको छ। फिल्ममा उनी भ्ल्गिस्टको भँमिकामा छन्। फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन्। दुई दशकदेखि सहायक निर्देशकका रूपमा सक्रिय सम्राटले पहिलोपटक यसमा निर्देशन गरेका हुन्।
फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्कावर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन् भने मल्लिका महतले डेब्यु पाएकी छिन्।

यसमा चाइनाका जुन झाङ र केन्याका बबीले पनि अभिनय गरेका छन् भने युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई बालकलाकार रहेका छन्।

कोटकी कालिकादेवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माणाधीन फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् भने विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सहनिर्माता रहेका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्। फिल्ममा कथा सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका छन्। फिल्ममा प्रवीन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, सञ्जय लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको छ।