भिडियोमा मकवानपुरे ठिटो

0
Shares

हेटौंडा, (नेस)। मकवानपुरका कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको लय तथा शब्द रहेको मकवानपुरे ठिटो बोलको गीतको म्युजिक भिडियो तयार पारिएको छ।

जनक लामा, अर्चना स्याङ्तान र सेञ्जी ब्लोनको स्वर रहेको गीतको म्युजिक भिडियोको ≈वाइट मिडिया प्रालिले पोस्ट प्रोडक्सनको काम गरेको छ। म्युजिक भिडियोमा करिश्मा ढकाल, चन्द्र तामाङ, सुवास तामाङ र निर्मला मोक्तानले अभिनय गरेका छन्। प्रवीन थापाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई नमराज घिमिरेले खिचेका छन् भने शक्तिप्रज्वल घिमिरेले सम्पादन गरेका छन्।

मकवानपुरको साविक सरिखेत गाविस–९ मा जन्मिएका कलाकार छिरिङ दोर्जे लामाको यो दोस्रो मौलिक भाका हो। लामाले लोकदोहोरी गीत रुँदै रुँदै भइयो परदेशीमा समेत अभिनय गरेका छन्। उनले लघु फिल्म आकर्षण, आधी बाटोलगायतमा अभिनय गरेका छन्। विभिन्न लघु फिल्म हुँदै लोकदोहोरीमा अभिनय गर्दै आएका लामाले यसअघि म्यासेन्जर फेसबुकमा बोलको गीत रेकर्ड गराएका थिए। उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन युट्युबमा सार्वजनिक गरिएको थियो।

गीतमा गायक टीबी पाख्रिन, गायिका रमा लामाका साथै सेञ्जी लामा र सुमन अधिकारीले स्वर दिएका थिए। गीतमा गायक पाख्रिनले संगीत भरेका छन्। गीत न्यु पाख्रिन क्रियसन प्रालिले तयार पारेको हो।