नेपाली फिल्म जगत्की प्रथम नायिका भुवन थापा चन्दले पहिलोपटक निर्माण गरेको फिल्म साइनोको पहिलो गीत सार्वजनिक गरिएको छ।
प्रताप दास र मेलिना राईको स्वर रहेको गीतमा शब्द रचना चेतन कार्की र संगीत वसन्त सापकोटाको छ। मायालुलाई जात्रैमा भेटियो बोलको गीतमा यसका नायक राज कुमार र नायिका मिरुना मगरको आकर्षक नृत्य रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो रामेश्वर कार्कीले छायांकन गरेका छन्।
चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्वारा निर्देशित फिल्ममा राज र मिरुनाका साथमा निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका कलाकारले प्रमुख भँमिकामा अभिनय गरेका छन्। अभिनेतृ तथा प्रस्तुतकर्ता चन्दले जीवनभर नेपाली फिल्म क्षेत्रमा सक्रिय रहनका लागि साइनो निर्माण शुरू गरेको बताइन्। उनले अन्तिम साससम्म पनि नेपाली फिल्ममा नै रहने इच्छा व्यक्त गरिन्।
निर्देशक रमेश थापाले साइनो आफ्नो पहिलो फिल्म भए पनि आफँले सकेको मेहनत गरेको बताए। फिल्म २०७६ को जेठ १० गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। अभिमन्यु निरबीले लेखेको फिल्म सम्पादन भइरहेको छ।











प्रतिक्रिया