रोड रेसको तयारी पूरा

0
Shares

काठमाडौं, (नेस)
मदन भण्डारी स्मृति रोड रेसको तयारी पूरा भएको आयोजकलले जनाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबको संयुक्त आयोजनामा रेस शनिबार हुँदैछ । खुलातर्फ पुरुष÷महिलामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । स्कुलतर्फ पहिलोलाई १५ हजार, दोश्रोलाई १० हजार र तेश्रोलाई ५ हजारका दरले नगदबाट पुरस्कृत गरिने छ ।

खुलामा ४ सय तथा स्कुलमा ८ सय गरी करिब १ हजार २ सयको सहभागिता रहने रेस संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । समापनका अवसरमा पूर्व धावकद्वय जितबहादुर केसी र वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।