दुव्यर्सनीविरुद्ध जनचेतनामूलक सडक नाटक

0
Shares

काठमाडौ(नेस) । महानगरीय प्रहरी वृत्त स्वयम्भू तथा नागार्जुन नगरपालिका समुदाय प्रहरी पालिका समिति र विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुको संयुक्त आयोजनामा लागूऔषध दुब्र्यसनी विरुद्ध जनचेतनामूलक विद्यालय स्तरीय सडक नाटक प्रदर्शन हलचोकस्थित बुद्धपार्कमा शुक्रबार सम्पन्न भएको छ ।
सो अवसरमा युवा सहभागिता मावि, ईन्टरनेसनल पिस एकेडेमी, ग्रिनफिल्ड एकेडेमी तथा पिपुल्स फ्रेन्सिप एकेडेमीका विद्यार्थीहरुले लागूऔषध दुर्व्यसनीविरुद्द छुट्टाछुट्टै सचेतनामूलक सडक नाटक प्रस्तुत गरेका हुन् ।

उक्त अवसरमा नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले समाजमा लागूऔषध दूर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्बाह गर्ने बिभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा मन्तवय व्यक्त गर्दै उपप्रमुख अधिकारीले सडक नाटकले समाजमा भएका विकृति विसंगति नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । नेपाल प्रहरीले लागू गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रमको संकल्प पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
सडक नाटक समन्वय उपसमितिका संयोजक सुगिता शाहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, नेपाल प्रहरीका अधिकृत तथा जवानहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत स्थानीयबासीको सहभागिता रहेको  थियो ।