प्रधानसेनापति प्रशंसा निशान प्रदान

0
Shares

काठमाडौ (नेस) ।  तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जानु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवीको दर्शन गरी काठमाडौ फिर्ता हुने क्रममा उहाँहरु सवार एयर डाईनेस्टिक हेलिकोप्टर दुर्घटना भएको थियो ।
दुर्घटना पश्चात हेलिकोप्टरको खोज तथा उद्धारका लागि खट्टिएका नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले प्रतिकूल मौषममा पनि उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्याँकन गर्दै प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।
उक्त निशान प्राप्त गर्नु हुने मध्ये उपत्यका भित्रका युनिटहरुमा कार्यरत अधिकृत, पदिक तथा अन्यदर्जा गरी १६ जनालाईसैनिक मञ्च टुँडिखेलमा महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आयोजित एक समारोहमा प्रधानसेनापति थापाले प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नु भएको छ ।