अमेरिकाद्वारा छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध


वासिङ्टन ।
भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ ।

विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका कारण खाद्यान्न, औषधीलगायत आधारभूत सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि गरेको अनुरोधमा वासिङ्टनले सहायता सामग्री पठाएको थियो ।

तर सामान भेनेजुयलाको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सहयोगमा रोकिएको छ ।

प्रतिबन्ध लगाइएका सुरक्षाकर्मीहरूमा भेनेजुयली नेशनल गार्डका मेजर जनरल जेसस लोपेज भार्गस, जेसस मारिया मन्टिला ओलिभर्सलगायत रहेका अमेरिकी ट्रिजरी डिपार्टमेन्टले जनाएको छ । प्रतिबन्धपछि उनीहरूको अमेरिकासँग आर्थिक कारोबार तथा आवागमन गर्न प्रतिबन्धित हुनेछन् ।
रासस