चितवनमा बस दुर्घटना हुँदा १९ जना घाइते

0
Shares

चितवन ।
चितवनमा आज भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका २९ मा रहेको कबिलास रिसोर्टमा पिकनिक खाएर फर्कने क्रममा कविलासको ओरालोमा ना ३ ख ९३५९ नम्बरको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते सबैजना भरतपुर महानगरपालिका १३ का रहेका छन् । उनिहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ओरालोमा बसको ब्रेक फेल भएका कारण गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।