उत्तरी रसुवामा विद्युत सेवा अवरूद्व

0
Shares

रसुवा ।
हिमपातका कारण उत्तरी रसुवाको गतलाङ, गोल्जुङ, चिलिमे क्षेत्रमा विद्युत सेवा अवरूद्व भएको छ। यहि फागुन १५ र १६ गतेको भिषण हिमपातका कारण ग्रामिण प्रशारण लाइनको तार चुढिनुको साथै ठाउँ ठाउँ का खम्वा समेत भाँचिएको र तदारूक्ताका साथ मर्मत गर्न विद्युत प्राधिकरणका कर्मचारी अनुपस्थित रहि वेवस्था गरेका कारण रातको समयमा उत्तरी रसुवाका हजारौ ग्रामिण वासिन्दा अध्यारोमा वस्न वाध्य भएको तत्कालिन जिल्ला विकास समितिका पुर्व सभापति गोल्जुङ निवासी मिलन तामाङले वताए।

विद्युत सेवा अवरूद्व हुदाँ स्कुले वालवालिका लाई साझ विहान घरको पढाइ र कम्प्युटर शिक्षा लिन एवं सञ्चारको महत्वपुर्ण साधन मोवाइलको व्याट्री चार्ज गर्न समेत असर परेको वताउदै पुर्व सभापति तामाङले भने नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाई खबर पठाइयो तर आउने नआउने कुनै पत्तो छैन। लोडसेडिङ अन्तको घोषणा गर्दै उज्यालो तीर लम्किएको नेपाल विद्युत प्राधिकरण शहर बजार तर्फ मात्र केन्द्रित रहँदा ग्रामिण वासी प्रायजसो समय अध्यारोमा वस्न वाध्य भएको उनले वताए। यस सम्वन्धमा धुञ्चे हटलाइन सेवामा पटक पटक सम्पर्क राख्दा फोन उठाउँने जिम्मेवार कर्मचारीको अभावमा कुनै प्रतिकृया आउन सकेन। रसुवाको प्रतिकुल मौसम सुधारमा आई शुक्रवार भने दिनभर घाम लागेको थियो ।

यस्तै हिमपातको कारण गोल्जुङ लगाएतका क्षेत्रमा घर गोठमा पालिएका ४० भन्दा बढि भेडा तथा वाख्रा मृतू भई पशुपालक कृषक लाई ठुलो नोक्सान परेको समेत सभापति तामाङले जानकारी दिए।