दाङमा दिउँसै तरबार हान्ने पक्राउ

0
Shares

दाङ ।
तरबार प्रहार भएको पैतालीस मीनेटमै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी नायब उपरीक्षक प्रेमकुमार शाहीको नेतृत्वमा घटना भए लगत्तै परिचालन भएको प्रहरी टोलीले तुलसीपुर – ७ निबासी असिम सिङलाई तमाखेको गैराखीजंगलबाट पक्राउ गरेको हो ।
‘घटनाको बारेमा हामीलाई पौने ३ बजे खबर आएको हो,’ तत्काल मेरो नेतृत्वमा प्रहरी परिचालन भयो । उनिहरु भागेको तर्फ क्युआर टोली सहित पछ्यादै गयौ । गैराखाली भन्ने जंगलबाट करिब साढे ३ बजे पक्राउ गरेर ल्याएऔं । ’ घटनामा पाँच जनाको संलग्नता रहेकोले अन्यको खोजी कार्यजारी रहेको प्रहरीले बताएको छ ।