नायब सुब्बाविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गर्न मुचुल्का तयार गरेबापत कार्कीले सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरेको थियो । आरोपी नायब सुब्बा कार्कीलाई बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
रासस