घर जलेपछि चन्दा माग्दै योञ्जन

0
Shares

हेटौंडा ।
मकवानपुरको बागमती–८, फापरबारी बस्ने मानबहादुर योञ्जनको घर जलेपछि खाना, लगाउन तथा बासमा समेत समस्या भएको छ । मंसिर १५ गते दिउँसो करेन्ट सर्ट भएर योञ्जनको घरमा आगलागी भएको थियो ।

आगालागीमा परेर दुई तले काठको घर, घरका अन्नपात, लत्ताकपडा र अन्य सामग्री जलेर नष्ट भएको उनले बताए । उनका २ वटा गोठ र गोठमा भएको सबै सरसामानसमेत जलेको छ ।

आगलागीमा ५ लाख ९७ हजार बराबर सम्पत्ति जलेको उनले सुनाए । ११ र ७ वर्षीया दुई छोरीसहित पत्नी र दिदीसहित परिवार धान्न निकै समस्या भएको उनले बताए । हेटौंडामा चन्दा संकलन गरिरहेका उनले दुःखेसो पोखे–कतैबाट राहत पाइनँ, घर चलाउनै समस्या भएपछि चन्दा संकलन गरेर हिँडेको छु ।

घर जलेर नष्ट भए पनि कतैबाट राहत नपाएकोले आफू गाउँगाउँमा चन्दा संकलन गरेर हिँडेको उनले बताए । उनले आफूलाई सहयोग गर्न ९८४५७८२४२५ मा फोन गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।