देश चलाउने ड्राइभर सहि भएपनि बाटो गलत भयोः कमल थापा

0
Shares

सरोज यादव, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाइको वर्तमान सरकारले जनभावना अनुरुप कामगर्न नसकेको आरोप लगाएका छन । सो पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शुक्रबार विराटनगरमा सम्बोधन गदै उनले भ्रष्टाचार तथा मुलुकलाई विखण्डनगर्न खोज्ने तत्वलाई सरकारले कार्वाही गर्न नसकेको वताए ।

उनले एनसेल करछली तथा वाइड वडी विमान खरिदको भ्रष्टाचार विषयलाई सरकारले सत्यतथ्य पत्ता लगाएर कार्वाही प्रकृया अघि वढाए त्यसमा पार्टीको साथ र सर्मथन रहने वताए । उनले देश टुक्र्याउन खोज्ने र भ्रष्टाचारीलाई कार्वाही गर्न सरकार अघि वढे त्यसकालागि सरकारलाई आफनो पार्टीको सधै साथ रहने बताए ।

अध्यक्ष थापाले प्रधाममन्त्री केपी शर्र्मा ओली देश हांक्ने कुशल ड्राइभर भएको तर गाडीले गलत वाटो लिन खोजेकाले त्यसतर्फ गंभिर हुनु आवश्यक रहेको बताए । ड्राइभर सहि भएर बाटो गलतभयो भने गन्तव्यमा पुग्न नसकिने उनको भनाई थियो । अध्यक्ष थापाले, देश वचाउन देश वनाउन र देशलाई नया ढंगवाट अघि वढाउन आफनो पार्टीले मेची महाकाली राष्ट्रिय अभियान शुुरु गरेको प्रष्ट पारे ।

उनले धार्मिक स्वतन्त्रता सहित हिन्दुराष्ट्र स्थापना कामय नभएसम्म आफनो पार्टीले जनदबाव सृजना गरिरहने वताए । उनले अव सवै नेपाली अटाउने नयां राज्य व्यवस्था प्रणाली मुलुकका लागी आवश्यक रहेको उल्लेख गरे ।

राजसंस्थाको विषयमा सर्वपक्षिय गोलमेच सम्मेलन तथा संघियताका लागि जनमत संग्रह गर्नुपर्ने उनको भनाई थियो । तिनदिन अघि ताप्लेजुङवाट शुरु भएको स्वाभिमान यात्रा पांचथर, इलाम तथा झापाहुदै विराटनगर आई पुगेको हो । फागुन ३० गते काठमाण्डौ पुगेर यात्रा सम्पन्न हुने सो पार्टीले जनाएको छ ।