महिलाहरु कुखुरा पालन व्यवसाय तर्फ आर्कर्षित

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
पछिल्लो समय बैतडीका ग्रामीण क्षेत्रका महिलाहरु कुखुरा पालन व्यवसाय तर्फ आर्कर्षित हुन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएकोले कुखुरा पालन तर्फ लागेको उनीहरुले बताएका छन् ।

अहिले सुर्नया गाउपालिकाका विभीन्न वडाका अधिंकास महिलाहरुले कुखुरा पालन गरीरहेका छन् । कुखुरापालनबाट राम्रो आम्दानी गर्न सफल भएको कुखुरा पालन गरीरहेका महिलाहरुको भनाई छ । सुर्नया ३ तडीगाउँमा धेरै महिलाहरुले व्यवसायीक रुपमा कुखुरा पालिरहेका छन् । तडीगाउँकी धना भट्टले ४ सय कुखुरा पाल्नुभएको छ । कुखुराबाट धनाले मासु उत्पादन गरेर विक्री गर्ने गर्नुभएको छ । कुखुराको मासु बेचेरै घर चलाईरहेको धनाले बताउनुभयो । यस्तै त्यहाँकी निर्मला र लक्ष्मी भट्टले पनि क्रमश २० र १२ कुखुरा पालेका छन् । चल्ला उत्पादन गर्ने कुखुरा पालेका उनीहरु कुखुराबाटै छोराछोरीहरुलाई पढाईरहेको र घर खर्च धानीरहेको बताउदै आएका छन् ।

यस्तै सुर्नया २ कि देवकी भट्ट र वसन्ती पाण्डेले क्रमश ३ सय र २५ वटा कुखुरा पालेका छन् । मासु उत्पादन गर्ने कुखुरा पालन गर्नुभएकी देवकीले मासीक १ लाख बढी आम्दानी हुने बताउनुभएको छ भने चल्ला उत्पादन गर्ने कुखुरा पाल्नुभएकी वसन्तीले पनि मासिक ६० हजार बढी आम्दानी गरीरहेको बताउनुभयो । छोराछोरीको पढाई संगै घरको सबै खर्च कुखुराबाट भएको आम्दानीले चलाउदै आएको उहाँको भनाई छ । सुर्नया २ कि रत्ना चन्दले पनि अण्डा र चल्ला उत्पादन गर्ने ३५ वटा कुखुरा पाल्नुभएको छ ।

उहाँले पनि सबै खर्च कुखुरा पालेरै चलाईरहेको बताउनुभयो । सुर्नया २ ग्वानीकी बेलु विष्टले पनि चल्ला उत्पादन गर्ने ५५ वटा कुखुरा पाल्नुभएको छ । कुखुरा बाट मासिक २ लाख बढी.आम्दानी भइैरहेको बताउने बेलुले छोराछोरीलाई कुखुरा पालन व्यवसायको आम्दानीबाटै पढाएको र २ छोरीको विवाह समेत कुखुराकै आम्दानीबाट गरेको बताउनुभयो ।

सुर्नयाका धेरै महिलाहरुले कुखुरापालन व्यवसाय गरीरहेको स्वदेश संस्था बैतडीकी सुर्नया फील्ड सुपरभाईजर मञ्जु भट्टले बताउनुभएको छ । कुखुरा पालन व्यवसायबाट ग्रामीण क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गरीरहेका पनि उहाँले बताउनुभयो ।