कपिलवस्तुमा १२ सय ब्रोइलर चल्ला नष्ट

0
Shares

कपिलवस्तु ।
भारतबाट अबैध रुपमा नेपाल भित्राइएको बेला बरामद गरेको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला प्रहरीले एक कार्यक्रमका बीच नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले कार्टुनमा बोकी ल्याउने क्रममा विजयनगर गाउँपालिका २, थारु संग्रहालय चोकबाट बरामद गरेको थियो । प्रहरी टोलीलाई देखी छाडेर भागेपछि बेवारिसे अवस्थाबाट चल्ला बरामद गरिएको प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिनुभयो । नेपाली बजारमा चल्ला करीब साढे सात हजार मूल्य पर्ने बताइएको छ ।

बरामद गरिएको चल्ला स्थानीय निकायका जनप्रतिनिधि, बुद्धिजिवी, भद्रभलाद्मी, पत्रकार एवं स्थानीयको रोहबरमा खाल्डो खनी नष्ट गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।