मन्त्री अधिकारीको शवलाई श्रीमती र छोराहरुले दागवत्ति दिए

0
Shares

पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले रामघाटमा दागवत्ति दिएका हुन् ।
उनको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो ।