प्रहरीले लखटेपछि बेपत्ता भएका युवाको लास भेटियो

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
प्रहरीले लखेटेपछि बेपत्ता भएका खाँडाचक्र नपा– १ निवासी २९ वर्षीय सुमन शाहीको शुक्रबार लास मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झडप नियन्त्रण गर्ने भन्दै प्रहरीले लखेटेपछि शाही माघ २९ गते बेपत्ता भएका थिए । प्रहरीले लखेटेर कुटपिट गरी नदिमा फालेर हत्या गरेको आरोप मृतकका पिता दुर्गवहादुर शाहीले लगाएका छन् ।

कालिकोट जिल्लाको स्थानीय हाटबजार जिते बजारमा गाडी स्टाफ र बजारका युवाहरुबीच विवाद भएपछि प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा भगेका युवाकको लास कालिकोट र दैलेखको सिमानामा फेला परेको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले वताएका छन् । प्रहरीले झडप नियन्त्रणका क्रममा युवकले कर्णाली नदिमा हाम फालेको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यलयको छ ।

विवादमा संलग्न रहेको भन्दै खाँडाचक्र नपा–२ का जिवस मल्ल र सोही नपा– १ का शेरबहादुर शाहीलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरी फागुन १० गते २५ हजार धरौटीमा मुक्त भएका थिए ।

मृतकका परिवारले प्रहरीले नै लखेटेर मारिएको हुनाले दोसीलाई कार्वाही उचित क्षतिपूर्ति नभएसम्म लास नबुभ्mने बताएका छन् । मृतक शाहीको लास पोष्टमाडको लागि जिल्ला अस्पतालमा राखिएको छ ।