टुबोर्ग ओपन सेसन्स्मा छानिए ५ स्वर

0
Shares

टुबोर्ग ओपन सेसन्स्को सफलतापछि, सेप्टेम्बर २०१८ मा शुरू गरिएको ड्रिम बिग प्रोजेक्टमा छानिएका प्रतिस्पर्धी कलाकारलाई आफ्नो प्रस्तुति दिने मौका दिइनेछ। टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो। जसमा ख्यातिप्राप्त तथा नयाँ कलाकारको लाइभ स्टुडियो रेकर्डेड् प्रस्तुति देखाइन्छ।

मनोजकुमार केसी, विधान श्रेष्ठ, दीपक वज्राचार्य, उदय सोताङ, शीतल मोक्तान, श्रेया सोताङ, रोहितजोन क्षत्री र स्वप्न सुमनको प्रस्तुती यस मञ्चमा समावेश गरिएको छ। धधध।तगदयचनलभउब।िअयmमा देशभरबाट १ हजारभन्दा बढी सहभागीले आफ्नो प्रस्तुति अपलोड गरेका थिए। सबै सहभागीमध्ये निर्णायक मण्डलबाट ५ जना छनोट गरिएको छ। छानिएका ५ विजेताले अब काठमाडौं ज्याज कन्जरभेटरी र आर्बिट्ररी रेकर्डस्का सांगीतकारसँग टुबोर्ग ओपन सेसन्स्को मञ्चमा सांगीतिक सहकार्य गर्ने मौका पाउनेछन्। उक्त सहकार्य प्रस्तुतीका भिडियो च्यानल आर्बिट्ररी र टुबोर्ग ओपन सेसन्स्को फेसबुक पेजबाट अपलोड गरिने टुबोर्गले जनाएको छ।

उत्कृष्ट–५ मा उदयपुरकी सुनीता कार्की, विराटनगरका मोनिष निरौला र सौरभ, काठमाडौंका राजेश नेपाली, सलोनी डंगोल र आरिफ रौफ छानिएका छन्। राजेश नेपालीको असली नाम स्यामुयल् परियार हो। उनी ९ वर्षदेखि विभिन्न रेस्टुरेन्टमा गाउने र नेपाल म्युजिक सेन्टरमा गायन शिक्षकका रूपमा सेवारत छन्। खोटाङकी सुनीता कार्की गाईघाटमा हुर्किइन् र एसएलसी सकिएपछि काठमाडौं आइन्। गायनमा निकै रुचि राख्ने सुनीताले २०१२ मा रेडियो नेपालबाट भ्वाइस टेस्ट गरी दोस्रो स्थान प्राप्त गरिन्। उनको पहिलो एल्बम ए बतास २०१६ मा आएको थियो भने आगामी एल्बम सुनमाला यही वर्ष आउँदै छ।

आरिफ गायक तथा गीतकार हुन्। सानो उमेरदेखि संगीत सिकेका उनले केही सांगीतिक प्रतियोगितामा भाग लिएका छन्। आफ्नो संगीत नै आफ्नो पहिचान हो भन्नेमा उनी विश्वास राख्छन्। विराटनगरका मोनिष र सौरभ दुवै संगीतप्रतिको रुचिका कारण सँगै छन्। इन्जिनियरिङका विद्यार्थी मोनिष शिक्षक तथा वेभ डिजाइनर पनि हुन् जो पपरकमा रुचि राख्छन्। अतिथ्य क्षेत्रका सौरभ भने संगीतमा क्लासिकल फोल्क शैली धेरै रुचाउँछन्। गोप्यरूपमा संगीतमा रुचि राख्ने बीबीएकी विद्यार्थी सलोनी सानैदेखि स्कुलमा आफ्नो गायन कलाको कारण चिनिन्थिन्। सलोनी ड्रिम बिग प्रोजेक्टबाट आफ्नो गायन यात्रा पँरा गर्न चाहन्छिन्।