भगवती तिमल्सिना, काठमाडौं ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान गयो । मृतक कोही चिनिने अवस्थामा नभएपछि मृतकका आफन्त, प्रत्यक्षदर्शी लगायतले उपलब्ध गराएको तथ्यांक, फोटो, कपडा, औठी, सीक्री, शरिरमा पहिला केही लेखिएको अवस्था आदिका आधारमा पहिचान गर्नुलाई ‘एन्टिमर्टम’ भनिन्छ ।
मृतक सातै जनाको शब पहिचान गर्न अत्यन्तै कठीन अवस्था भएकाले ‘एन्टिमर्टम’ बिधी अपनाईउनु परेका त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्राडा हरिहर वस्तीले बताउनुभयो । बिहिवार दिउसो २ बजे देखि शुक्रवार विहान २ बजे सम्म १२ घण्टाको लगातार प्रयासपछि मृतकहरुको शब पहिचान कार्य सम्पन्न गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।
‘एन्टीमर्टम’ भनेको पोष्टमार्टम या डीएनए परिक्षण नभएर मृतकको पूर्व अवस्था, प्राप्त घटना स्थलको फोटो, कपडा, कपाल, फिंगरप्रिन्ट लगायतको परिक्षण गरि पहिचान गर्ने बिधि हो । मृतकको पहिचानका लागि निकै कठीन भएकाले परिवार लगायत सबैको सहयोगमा यो कार्य सफल भयो । मृत्क मध्ये ६ जनाको जुत्ता, खुट्टा, हातका औला जस्ता बिषयलाई परिक्षण गरि पहिचान गरियो । बाँकी एक जना रहेकोमा ६ जनाको पहिचान भएकाले सजिलै पहिचान नभएको व्यक्तिको पहिचान खुलेको पनि डा.वस्तीले बताउनुभयो ।
मृतकका शब त्रिवि शिक्षण अस्पताल ल्याई पुर्याउँदा कपडा खोली छुट्टै झोलामा प्याक गरि ल्याईएकाले पनि पहिचानमा समस्या आएकाले मुचुल्का अघिको घटनास्थलको फोटो, शबहरुको फोटो हेरेर परिवारले दिएको विवरण अनुसा शब पहिचान गरियो । निकै कठीन अवस्था भएपनि पहिचान भएकाले डीएनए परिक्षण सम्मको प्रकृयामा पुग्नुपरेन र छिटै काम सकियो । यदि डिएनए परिक्षण गर्नुपरेको भए अझै एक दुई साता लाग्न सक्थयो डा.वस्ती भन्नुहुन्छ ।
सबै लाशको पहिचान गरि प्रमाणपत्र सहित नाम बतन खुलाएर बिहान २ बजे सबै प्रकृया सकी त्रिवि शिक्षण अस्पताल फरेन्सी विभागले प्रहरीको जिम्मा लगाएको र परिवारलाई शब जिम्मा दिने काम प्रहरीले नै गर्ने पनि डा.वस्तीले बताउनुभयो ।











प्रतिक्रिया