हनोइ (एजेन्सी) । निकै महत्वकासाथ हेरिएको उत्तर कोरिया र अमेरिकाबीच दुई दिन सम्म भएको बार्ता बिफल भएको छ ।
दुवै मुलुक आ–आफ्नो अडानबाट पछि नहटेपछि बार्ता बिफल भएको घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणबिक अस्त्र त्याग्न उत्तर कोरियालाई गरेको प्रस्तावमा उत्तर कोरियाले भने आफुमाथि लागेको सबै नाकावन्दी फुकुवा नभए सम्म उक्त प्रस्तावको बारेमा सोच्न नसकिने अडान लिएपछि दुवै देशका नेताले बार्ता असफल भएको घोषणा गरेका थिए ।
बार्ता असफल भएपछि दुवै नेताले संयमता अप्नाएको देखिन्छ । एकले अर्कालाई गाली गरेनन । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनले बार्ता बिफल भएको मात्रै जानकारी दिदै भबिष्यको बार्ताको बारेमा दुवैले केही पनि बताउन चाहेनन । अहिले बार्ता बिफल भयो । अर्को बार्ता कहिले हुन्छ वा हुदैन हामी केही भन्न सक्दैनौ दुवै नेताले एकसाथ बिश्वभरका हजारौ संचारकर्मीबीच उक्त घोषणा गरेका थिए ।
उत्तर कोरियाले आफुमाथि लागेको आर्थिक नाकावन्दी फुकुवाको सुनिश्चितता खोजेको थियो भने अमेरिकाले परमाणु निस्त्रीकरणको मुद्धालाई प्रमुखताका साथ उठाएको थियो । दुवै मुलुक एक अर्कासंग बिश्वास विश्वस्त हुन नसक्दा बार्ता बिफल भएको अनुमान गरिएको छ । यी दुई मुलुकबीच भियतनाम बार्ता दोस्रो हो । यस अघि पहिलो पटक दुवै नेताबीच सिंगापुरमा भेट भएको थियो ।
बार्ता बिफल भएपछि निरास मुद्रामा देखिएका राष्ट्रपति ट्रम्पले प्रतिवन्धको बिषयमा कुरा नमिल्दा बार्ता असफल भएको बताउनु भएको थियो । उत्तर कोरियो छिटो भन्दा छिटो प्रतिवन्ध हटोस भन्ने पक्षमा थियो तर अमेरिका त्यो हतारोमा थिएन त्यही भएर दुवै मुलुक निश्कर्षमा पुग्न सकेनौ ट्रम्पले संचारकर्मीहरुलाई जानकारी दिनुभएको थियो ।
पछिल्लो बार्ताको मिति घोषणा भएपछि निकै उत्साहित भएको ह्वाइटहाउसले बिहीबारको कार्यतालिका समेत सार्वजनिक गरेको थियो । उसले दुवै नेताबीचको संयुक्त हस्ताक्षर घोषणा र दिवा भोजको कार्यक्रम समेत सार्वजनिक गरेको थियो । तर बार्ता बिफल भएपछि दुवै कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए ।
ह्वाइटहाउसले एउटा बिज्ञप्ती जारी गर्दै यस पटकको बार्ता बिफल भयो अर्को बार्ताको लागि आशावादी भएको भन्दै संयमपूर्ण बिज्ञप्ती जारी गरेको छ । यस पटकको बार्ता सकारात्मक भएको भए अमेरिकामा नजिकिदो राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको पक्षमा अमेरिका भर लहर फैलने आलकन बिश्लेषकहरुले गरेका थिए । तर ट्रम्पले सोचेजस्तो प्रगति नभएपनि उसले ब्यक्त गरेको सार्वजनिक अभिब्यक्तिले भने सारा अमेरिकी र शान्तिका पक्षमा आवाज उठाउदै आएकहरुलाई केही झिनो आशा भने कायमै राखेको देखिन्छ ।
औपचारिक बार्तामा सहभागी हुनु अघि उत्तर कोरियाली सर्बोच्च नेता किमले आफुहरु परमाणु कार्यक्रम त्याग्न तयार रहेको संकेत गरेपछि बार्ता सफल हुने अपेक्षा संसारभर गरिएको थियो । उत्तर कोरियाली नेता किमले आफु आणबिक कार्यक्रम स्थगित नगर्ने पक्षमा थिंए भने ४ हजार किलो मिटर लामो दुरीको यात्रा तय गरेर यहांसम्म आउने थिइन भन्नुहुदै तर दुरर्भाग्य हाम्रो बार्ता सफल हुन सकेन संवाददाताहरुलाई सम्वोधनको क्रममा बताउनु भएको थियो ।
किम संगै रहनु भएका अमेरिकी राष्ट्रपति ट्रम्पले बार्ता सफल भएन तर पुरै निरासा हुनुपर्ने अवस्थापनि छैन हामी बीच फेरी भेट हुनपनि सक्छ नहुनपनि सक्छ तर हामी एकले अर्कालाई दोष दिएर पन्छिन खोजेका छैनौ भन्नुभयो ।











प्रतिक्रिया