ऊर्जामन्त्री पुनको मुटुमा समस्या, नर्भिकको सिसियूमा उपचार हुँदै

0
Shares

काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहीबार एक्कासि अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको छ।

मन्त्री पुनको मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको सिसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। उनलाई औषधि चलाइएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

चिकित्सकिय भाषामा मन्त्री पुनलाई भएको समस्यालाई एट्रियल फिब्रिलेसन भनिन्छ। मन्त्री पुन बेहोस भएर लडेपछि उपचारका लागि नर्भिक लगिएको थियो।

सभामुख महरा ऊर्जामन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न नर्भिकमा
साथै सभामुख कृष्णबहादुर महराले मन्त्री पुनको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।
बेलुकी साढे ६ बजेतिर नर्भिक हस्पिटल पुगी सभामुख महराले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

हस्पिटलका डाक्टर यादव भट्टसहितको टोलीसँग सभामुख महराले पुनको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि आज हस्पिटलमै राख्ने बताएको सभामुख महराले बताउनुभयो ।्
अपरान्ह स्वास्थ्यमा केही समस्या देखिएपछि मन्त्री पुनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो ।