पर्यटकको प्रमुख रोजाइमा ‘गोठेसिंह होमस्टे’

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्धनका लागि ‘गोठेसिंह होमस्टे’ संचालन गरिएको छ । होमस्टे संचालनमा आएसँगै अहिले यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्या समेत बढ्न थालेको छ ।

सरकारले १ सय पर्यटकीय गन्तब्यमध्ये भोजपुरको टेम्केडाँडालाई पनि सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो । फुर्सदलाई सदुपयोग गर्दै आफ्ना परिवार र साथीभाइसँग टेम्केडाँडा घुम्न आउने पर्यटकको प्रमुख रोजाइमा ‘गोठेसिंह होमस्टे’ पनि पर्न थालेको छ । टेम्के मैयुम गाउँपालिकाको २ नम्वर वडा छिनामखुमा स्थानिय प्रकाश राईले संचालनमा ल्याएका हुन ।

एकहप्ते विद्यालयको छुट्टि मनाउन परिवारसँग टेम्केडाँडा घुम्न आएका षडानन्द नगरपालिका दिङ्लाका शिक्षक श्रीकृष्ण बोगटी होमस्टेको अर्गा्निक स्वाद र स्थानिय उत्पादनमा आफु पनि रमेको बताउँछन । ‘यहाँ आउँदा तनाव समेत हटेर फ्रेस हुईदो रहेछ, होमस्टेमा छुट्टै आनन्द महशुस भयो शिक्षक बोगटीले भने । बोगटीले भने, ‘प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेका लागि यहाँको होमस्टे एकदमै राम्रो रहेछ । पारिवारिक वातावरण, किराती संस्कृति र स्वादिष्ट परिकारले होमस्टेको बसाई रमाइलो भयो ।’

यस्तै, आफ्ना साथीसँग टेम्केडाँडा, चखेवाभञ्ज्याङ घुम्न गएका छिनामखुका अजुर्न बस्नेतले भन्छन जिल्लामा निकै चर्चा कमाएको होमस्टेको नाम मात्र सुनेको थिए, साथीहरूसँग भरपुर प्राकृतिक आनन्दसँगै भरपुर मनोरञ्जन लिएर फर्किएको छु । भोजपुरको टेम्केमैयुङ गाउँपालिका छिनामखुको श्यामशीलामा रहेको यो होमस्टे सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ । मिठो किराती संस्कारको न्यानो अतिथि सत्कार, अर्गा्िनक मीठो खाना र आरामदायी बासस्थानबाट प्राकृतिक सुन्दरता नियाल्न पर्यटकका लागि यो होमस्टे पर्यटकीय गन्तव्य बन्दै गएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईको भनाई रहेको छ । गाउँपालिका अध्यक्ष राईका अनुसार टेम्केडाँडा मुन्दुम पदमार्गमा पर्ने भएकाले यहाँ घुम्न आउने पर्यटकका लागि एक मात्र आरामदायी बिसौनी बनेको ‘गोठेसिं होमस्टे’ बस्न नचाहने कमै हुन्छन ।

गत भदौ पहिलो हप्ता स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यावसायिक ‘होमस्टे’ सञ्चालन गरेका हुन । आफ्नो ५७ रोपनी जग्गामा उनले सञ्चालन गरेको ‘होमस्टे’मा टेम्के, चखेवाडाँडाको अवलोकन पछि विश्राम गर्ने स्थल बन्न पुगेको छ । ‘होमस्टे खोलेपछि यहाँको पर्यटन प्रवद्र्धन र अन्य विकाससँगै यसले आम्दानीको स्रोत पनि बढाएको छ’, राईले भने, ‘यहाँ आउने पाहुनालाई आफूले सक्दो आफ्नै हात र अर्गा्निक स्वाद दिने निरन्तर कोसिस गरिरहेको छु । सबैबाट राम्रो प्रतिक्रिया र सुझाव पनि पाइरहेको छु ।’ होमस्टे संचालका प्रकाश राईले भने ।

सुरुमा सामूहिकरूपमा व्यावसायिक ‘होमस्टे’ खोल्ने प्रस्ताव गरिए पनि गाउँका स्थानीयबासीले चासो नदिएपछि आफू एक्लैले ‘होमस्टे’ खोलेको सञ्चालक राई बताउँछन । होमस्टेमा ४० जनालाई एक रातमा बास बसाउन सकिने बताउँदै संचालक राईले आगामी दिनमा घर र कटेज थप्दै लैजाने योजना रहेको बताए । पर्यटकको स्वागतमा माछाको परिकारका लागि सञ्चालक राईले अस्थायीरूपमा ६ वटा प्लास्टिक पोखरी बनाएर ट्राउट माछा पनि पालेका छन ।

होमस्टेमा हरेक महिनामा आठभन्दा बढी समूहमा आन्तरिक पर्यटक पुग्ने गरेको स्थानिय सरोज बस्नेतले बताए । उनले भने, ‘यो ठाउँ पछिल्लो समय बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा समेत ठूलो मद्दत गरिरहेको छ ।’मुदम पदमार्गमा पर्ने यो होमस्टेसम्म गाउँपालिकाले बिजुलीबत्ती र तीन सय मिटर दूरीको सडक पु¥याउन प्रबन्ध मिलाउने गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए ।