आँचलको लभ यु र मिस यु

0
Shares

गीतकार राजेश अर्यालको नयाँ गीत रिलिज भएको छ। उनको नयाँ गीत आई लभ यु आई मिस यु युट्युबबाट सार्वजनिक गरिएको हो।
गीतमा भँपँ पाण्डेको संगीत र एरेन्ज रहेको छ। सोम सुब्बाको एकल स्वरमा यो गीत तयार भएको छ।

गीतको शब्द र संगीत पक्ष बलियो छ भने म्युजिक भिडियो उस्तै आकर्षक बनेको छ। गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, विकास ज्ञवालीको सम्पादन, निश्चल केसीको कोरियोग्राफी र शिशिर श्रेष्ठको निर्देशन रहेको छ। भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र रमेश बाबुको अभिनय रहेको छ।