द म्यान फ्रम काठमाडौंमा १९७४ एडी ब्यान्ड

0
Shares

नेपालबाट बनेको पहिलो नेपाली र अंग्रेजी दुई भाषाको फिल्म द म्यान फ्रम काठमाडौंको शीर्ष गीत सार्वजनिक गरिएको छ।
काठमाडौंको दैनिकी झल्काउने यसको गीत सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो। काठमाडौं बोलको गीत १९७४ एडी ब्यान्डले तयार पारेको छ। गीतमा रोहित जंग क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको छ। गीतको भिडियोमा यसका मुख्य कलाकारका साथै ब्यान्ड सदस्यहरूलाई प्रस्तुत गरिएको छ।

फिल्म काठमाडौंका साथै अमेरिकामा समेत छायांकन गरिएको छ। फिल्मको बजेट ४ करोड बढी रहेको निर्माता नकिम उद्धिनले बताए। निर्देशक पेमा धोन्डुपसँगै नकिम उद्धिनको निर्माणमा बनेको फिल्ममा नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको सम्मिश्रण रहेको छ। जोसे मानुइल र आना शर्मा, चर्चित भारतीय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखका साथ नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आरएल राणा यसका मुख्य भँमिकामा छन्। फिल्म कार्लोस मेडिनाले खिचेका हुन्।