नेपाल हब्र्स एक्स्पो हुने

0
Shares

काठमाडौं, (नेस)
‘गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मुल नाराका साथ भोलि शुक्रवार नेपाल हब्र्स एक्स्पो २०१९ शुरु हुने भएको छ ।

काठमाडौंको ठमेलमा शुरु हुने मेलामा हिमालदेखि तराईसम्मका जटिबुटी र जटिबुटीका उत्पादन प्रर्दशनीमा रहेछन् । ७ वटा स्टल कृषि र अन्य प्राकृतिक उत्पादनका, १२ वटा प्रमाणिकरण गरिएका अर्गानिक उत्पादनका, ५ वटा प्रविधि र गुणस्तर सम्बन्धी जानकारी दिने स्टल रहने बताइएको छ । त्यसैगरी कस्मेटिक, स्पा र मसाज सम्बन्धी उत्पादन तथा जानकारी, आयुर्वेद तथा क्लिनिक, सुगन्धित वनस्पति सहितका विरुवा सहित फूलका स्टल समेत रहने नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ (नेहपा)ले जनाएको छ ।

नेपाल र अन्य मुलुकका क्रेता र बिक्रेतालाई एउटै थलोमा जमघट गराउने ३ दिने मेलाले स्वदेशी उत्पादन विस्तार, गुणस्तर सुधार तथा व्यापार बृद्धिमा सघाउन पु¥याउने नेहपाका अध्यक्ष गोबिन्द घिमिरेले बताउनुभयो । यो जमघटमा फ्रान्स, वेल्जियम, क्यानडा, जर्मनी लगायत यूरोपीयन मुलुक सहित भारत, बंगालादेश र चीनका व्यवसायिक कम्पनीका प्रतिनिधी सहभागी हुने उहाँले जानकारी दिनुभयो । यस्तो किसिमको प्रर्दशनी आठौं हो ।