हेलिकोप्टर दुर्घटनाको शोकमा बिहीबार सार्वजनिक विदासंगै छानविन समिति गठन

28
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले हेलिकोप्टर दुर्घटनाको शोकमा बिहीबार सार्वजनिक विदा घोषणा गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

नागरिक उड्ययन मन्त्री रविन्द अधिकारीसहित ७ जनाको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने निर्णय गरेको छ ।

यस्तै सरकारले हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । बुधबार मन्त्रिपरिषद्को आकमिस्क बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो ।

समितिमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सहायक रथी दिपक बास्तोला र क्याप्टेन प्रमोद लामा छन् ।