ताप्तेजुङ हेलिकोप्टर दुर्घटनाः छोराको मृत्युको खबर अझै छैन आमा–बाबुलाई

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनामा बनेपाका धु्रर्व भोक्षिभोयाका बाबु आमालाई मध्यरातसम्म जानकारी दिईएको छैन ।

‘धु्रर्वका ८५ बर्षिय बाबु गोकुलदास भोक्षिभोया र ८४ बर्षिया आमा रामकुमारी भोक्षिभोया दुबैलाई जानकारी दिएका छैनौ’–छिमेकी मनिष भोक्षिभोयाले भने–‘उहाँहरु दुबै मुटुको विरामी भएकाले तत्काल खबर नगरेका हौं । हेलिकप्टर हराईरहेको मात्रै बताएका छौं । ’

उहाँहरुलाई बाहिरी मान्छे भेट गर्न दिईएको छैन । नागरिक उड्डयन प्राधिकरणका निर्देशक समेत रहेका बनेपा स्थायी घर भएका धु्रर्व भोक्षिभोया असाध्यै मिलनसार र उत्कृष्ट विद्यार्थी भएको सहपाठी रविन्द्रप्रसाद भैलले बताए । दुर्घटनाको खबर सुन्ने वितिक्कै ध्रुर्वका सहपाठीहरु रविन्द्रप्रसाद भैल, हरिश्चन्द्र पलाञ्चोके, बोधनाथ तौजले लगायत बागबजारमा रहेको घरमा पुगेर श्रीमती यमुना भोक्षिभोयालाई समवेदना ब्यक्त गरेर फर्किएका थिए ।

आजाद माध्यमिक विद्यालय बनेपाबाट २०३४ सालमा एसएलसी उर्तिण गरेका भोक्षिभोया नागरिक उड्डयन प्राधिकरणका १० औ तहका कर्मचारी हुन् । २०१९ सालमा जन्मिएका उनी एक्ला छोरा हुन् । दुई दिदी पछि जन्मिएका धु्रर्व सानै देखि तिक्ष्ण स्वभावको रहेका उनका सहपाठी रविन्द्रप्रसाद भैलले बताए । धु्रर्वका तीन छोरी मध्ये दुई छोरी मनिषा र अनिषा डाक्टर छन् भने एक छोरी वर्षा अध्ययन गर्दै छिन् भने एक छोरा धिरज इन्जिनियर छन् । इन्जिनियर ध्रुर्वले देशका विभिन्न स्थानमा रहेका एयरपोर्टहरुको डिजाईन इस्टमेट तयार गर्ने कार्यमा सक्रिय भएका थिए ।

बनेपाको नागिडाँडामा एयरपोर्ट बनाउने अभियानमा धु्रर्वको सकारात्मक अभियान थियो । बनेपा र आसपासको क्षेत्रमा सामाजिक कार्यमा संलग्न रहँदै आएका धुव्र्रको निधनले बनेपा र सिङ्गो काभ्रेलाई क्षति पुगेको नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य तथा बनेपाका स्थानीय सुरकृष्ण बैद्यले बताए । बनेपाको वकुटोलमा रहेको उनको घरमा शुभचिन्तक तथा स्थानीयहरु बुधबार दिउसै देखि जम्मा भएका थिए । भोक्षिभोयाको श्रीमती र अन्य सदस्यहरु काठमाडौ स्थित घरमा बस्दै आएका थिए भने बनेपामा उनबा बाबु आमा मात्रै बस्दै आएका थिए । विहिबार मात्रै उनिहरुलाई काठमाडौ लैजाने स्थानीयहरुले बताए ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री रविन्द्र अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् । केहि वर्ष अघि भएको हवाईजहाज दुर्घटनामा बनेपाकै एक जना एयरहोस्टेजको निधन भएको थियो ।