ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः सात जनाकै शव भोलि मात्र काठमाडौँ ल्याइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव भोलि बिहीबार मात्रै काठमाडौँ ल्याइने भएको छ ।

उक्त दुर्घटनामा परि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, प्रम कार्यालयका उपसचिव युवराज दाहाल, निर्देशक, उड्ययन प्राधिकरण ध्रुव भोछिभोया, नेपाल नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक वीरेन्द्र श्रेष्ठ, सुरक्षाकर्मी अर्जुन घिमिरे र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको हो ।

सम्पूर्णको शव मौसम खराबीका कारण आज काठमाडौँ ल्याउन नसकिएको स्रोतको भनाई छ ।