दाङमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
Shares

दाङ ।
दाङको छिल्लिकोट सडकमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सवारी चालक तुल्सीपुर–१९ वाँसगढि निबासी ३५ वर्षका लालवहादुर रावत र तुल्सीपुर–१९ छिल्लीकोटका ५५ वर्षिय अमरवहादुर वली रहेको छन् ।

घोराही देखि सङ्क्राम हुँदै छिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

पीकअपमा सवार ३ जना भने हाम फालेर सकुशल अवस्थामा रहेको स्थानीय पुर्ण रोकाले जानकारी दिनुभयो ।

लगातार वर्षाका कारण उक्त सक्राम छिल्लीकोट सड्क खण्ड चिप्लोका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त पिकअप सडकखण्डको करिब डेढ सय मिटर तल खसेको छ ।

पिकअपमा ९ जना सवार थिए ।