‘पृतनापति समन्वयात्मक बैठक २०७५’ शुभारम्भ

0
Shares

काठमाडौँ ।,
‘पृतनापति समन्वयात्मक वैठक २०७५’ शुभारम्भ भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वरपोखरेल तथा रक्षा मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा जङ्गी अड्डामा प्रधानसेनापति, पि।एस।ओज रथीबृन्द तथा पृतनापतिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा मन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्नुको साथै राष्ट्रिय विकास निर्माणमा पुर्‍याएको योगदानको समेत उच्च मुल्यांकन गर्नुभयो ।

उहाँले नागरिक सेना सम्बन्धलाई थप प्रभावकारी बनाउन ठोस प्रकियाबाट जान नेपाल सरकारको सधै सहयोग र सकरात्मक भूमिका हुने र राष्ट्रिय महत्वका गढी तथा किल्लाहरु लगायत चुरे संरक्षणमा समेत नेपाली सेना प्रभावकारी ढंगबाट अगाडि बढ्ने बताउनु हुँदै ‘पृतनापति समन्वयात्मक बैठक २०७५’को सफलताको कामना समेत गर्नु भएको थियो । साथै सोही क्रममा उहाँले सूचना तथा प्रविधि महाशाखाको निरिक्षण समेत गर्नु भएको थियो ।


बलाधिकृत रथी हेमन्त राज कुँवरले स्वागत मन्तव्य राखि समन्वयात्मक बैठकको शुभारम्भ गर्नु भएको थियो । यसैबीच, समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ(आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।
नियमित रुपमा संचालन हुँदै आएको यो बैठक दुई दिनसम्म सञ्चालन हुने छ ।