प्रधानसेनापतिद्धारा ‘नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी–२०७५’ उद्घाटन

0
Shares

काठमाडौँ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी–२०७५’ को उद्घाटन ग्र्नुभएको छ । फाल्गुन १५ देखि १८ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त वृहत् प्रदर्शनी थापाले बुधबार उद्घाटन गर्नुभएको हो ।

उक्त प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरिएको छ ।

उक्त उद्घाटन समारोहमा काठमाण्डौँ महानगरपालिकाका मेयर, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेनाका रथीबृन्द, विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, प्राध्यापकहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल आर्ट काउन्सिलका प्रतिनिधीहरु र पत्रकार तथा फोटोग्राफरहरुको उपस्थिति रहेको थियो ।

यस किसिमको प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त प्रदर्शनी सर्वसाधारणहरुको लागि समेत खुल्ला गरिएको र प्रवेश निःशुल्क रहेको छ ।