काठमाण्डौ । ताप्लेजुङ्ग हेलिकाेप्टर दुर्घटनामा यति एयरलाइन्स तथा डाइनेष्टिक हेलिकाेप्टरका मालिक आङछिरिङ शेर्पाको निधन भएकोमा पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाको फोटो राखेर केही सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेपछि शेर्पालाई तनाव भएको छ ।
हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाकाे निधन भएकाे छ । केही सञ्चार माध्यमहरुले दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पाकाे नाम माथि पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाकाे फोटो राखेर समाचार प्रकाशित गर्दा दिनभरी तनाव भएकाे शेर्पाले बताए। अनलाईन न्यूज पोर्टलहरुले प्रकाशित गरेको शेर्पाकाे फोटो सहितकाे समाचार सामाजिक सञ्जालमा व्यापक सेयर भएकाे थियो ।
शेर्पालाई ९८५१० २९६८४ मा शुभचिन्तक र परिवारजनले फोन गरेर हैरान पारेका थिए । जिउदै मानिसलाई मेरेको भनेर नेपालका नम्बर १ दाबी गर्ने अनलाइन न्यूज पोर्टलले आफ्नो फोटो प्रकाशित गरेकोमा शेर्पाले दुख व्यक्त गरेका छन ।
अनलाइनहरुले यसरी निधन भएकाे व्यक्तिको नामसंग जिउदो व्यक्तिको फोटो प्रकाशित गरेकाेमा ती सञ्चारमाध्यमहरुकाे सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ब्यङग्य गरेका छन ।











प्रतिक्रिया