मन्त्री अधिकारीका आमा-बाबुलाई काठमाडौं ल्याईयो

0
Shares

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधनको खबर सुनेर विक्षिप्त बनेका बाबु-आमा दुवैलाई काठमाडौं ल्याईएको छ। बुधबार साढे चार बजेतिर आफन्तहरूको सहयोगमा अर्धमुर्छित रहेका बाबु इन्द्रप्रसाद अधिकारी र लक्ष्मीदेवी अधिकारीलाई यति एयरको फ्लाइटबाट काठमाडौं ल्याईएको हो।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्रीअधिकारसहित सात जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजे ताप्लेजुङमा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको हो।

दुर्घटनामा परेर निधन भएकामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण ९क्यान०का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसी रहेका छन।

मन्त्री अधिकारी दुर्घटना हुनु पहिले तेह्रथुमको चुहानडाँडामा एक कार्यक्रममा सहभागी भएका थिए। तेह्रथुमको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो।