खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको गृह मन्त्रालयले पुष्टि गर्याे

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
ताप्लेजुङमा भएको डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको गृह मन्त्रालयले जनाएको छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार उक्त हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले पत्रकार सम्मेलन गरेर मौसमका आएको खरावीका कारण दुर्घटना भएको जानकारी दिनुभयो ।

प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको शव पहिचान भइसकेको छ ।
गृह मन्त्रालयका अनुसार घटनास्थलतर्फ नेपाली सेना, एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर गएको छ । खराब मौसमका कारण एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर अवतरण हुन सकेको छैन । सुवेदीका अनुसार नेपाली सेनाको हेलिकोप्टर अवतरण गरेको स्थानसम्म शव ल्याइपु्र्याउन डेढ घण्टा लाग्ने अनुमान गरिएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० को सिस्नेभीरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थानीयले बताएका छन् ।